बुटवल : हरितालिका तीजको दिन लुम्विनी प्रदेशमा सार्वजनिक विदा दिइएको छ । लुम्विनी प्रदेश सरकार, मन्त्रिपरिषद्को चैत १७ गतेको बैठकले असोज १ गतेका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । उक्त निर्णय लुम्विनी प्रदेशको गृह मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको हो ।