गुल्मी : जंगली च्याउँ खाँदा गुल्मीमा एकै घरपरिवारका तीन जना बिरामी परेका छन् । इस्मा गाउँपालिका–६ बुल्मका ३९ वर्षीय सरिता कुमाल, ११ वर्षीय विमल कुमाल र आठ वर्षीया सुस्मा कुमाल विरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
उनीहरुको पाल्पास्थित मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ । घर नजिकैको खेतमा उम्रिएको च्याउ खाँदा सोमबार बिरामी परेको प्रहरीले जनाएको छ ।