बुटवल : बुटवलमा तीन दिने सडक खाना महोत्सव शुरु भएको छ । ‘नेपाली मौलिक कला, संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रववद्र्धन, विकास र रोजगारीको सृजना हाम्रो अभियान’ नारासहित शनिवारदेखि महोत्सव संचालन गरिएको हो ।

महोत्सवबाट बुटवलको पर्यटन प्रवद्र्धन र सुस्ताएको बजारलाई चलायमान बनाउने आशा गरिएको आयोजक होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले बताए । बुटवलको तिनकुनेदेखि बसपार्कसम्म संचालित महोत्सवमा विभिन्न प्रकृतिका एक सय वटा स्टलहरु राखिएको छ ।
महोत्सव उद्घाटनमा बोल्दै प्रमुख अतिथी प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले खाना महोत्सवको इतिहास धेरै पुरानो भएको बताए । समुद्रमा पाईने माछाका परिकारहरु पकाएर सडकमा खाने रुपमा ग्रिसबाट यसको चलन आएको घिमिरेले सुनाए । रुपन्देहीमा हालको पर्यटकभन्दा दोब्बर संख्यामा पर्यटक भित्रिएपनि थेग्न सक्ने स्तरका होटलहरुको क्षमता रहेको उनले दाबी गरे ।
1703948155.jpg)
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका नवनियूक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री सरोज थापा (रोज राणा) ले सार्वजनिक कार्यक्रममा नीति निर्माण तहका नेताहरुले घण्टौ भाषण गर्ने खालका कार्यक्रमहरुको प्रचलन ठिक नभएको विचार व्यक्त गरे । नेताको भाषणबाट जनताहरु वाक्कदिक्क बनिसकेको अनूभुति उनले सुनाउ । पर्यटन व्यवसायलाई प्रहरी प्रशासनबाट हुने हैरानी रोक्नुपर्ने वर्तमान आवश्यकता रहेको उनको भनाई छ ।
1703948156.jpg)
बुटवलमा रात्रीकालिन बजारको दवाव स्वरुप सडक खाना महोत्सव शुरुवात गरिएको व्यवसायीहरुले बताएका छन् । महोत्सवमा डेढ लाख दर्शकले अवलोकन गर्ने र दुई करोड रुपैयाँ आर्थिक कारोवार हुने लक्ष्य आयोजकले लिएको छ ।