बुटवल : तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले गुरुङहरुको महान पर्व मुप्री (गिद्ध बर्ग) ल्होसारको अवसरमा आइतवार बुटवलमा बृहत झाँकी सहित शान्ती ¥याली गरिएको छ । पुष्पलालपार्क बाट शुरु गरिएको ¥याली नगर परिक्रमा गर्दै परिषद्को प्राङ्गण रामनगरमा पुगेर कार्यक्रम गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गुरुङ जातिहरुको संस्कार संस्कृती र रितिरिवाजहरु सबै आफ्नो जातिय संस्कारसंग मिल्दो जुल्दो भएकोले पुर्खाहरु एउटै हुनसक्ने बताए । तर, पछिल्लो समय मृत्यु संस्कार लगायत कुरामासमय परिस्थिती अनुसार परिवर्तन हुदै गएकाले केही भिन्नता भएको उनले केलाए ।

कार्यक्रममा तमु छोज धि मुखपत्रको बिमोचन गरिएको छ । तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बुटवल नगर समितिले नगरभित्र रहेका इकाईमा आवद्ध आर्थिक अवस्था कमजोर भएकाहरुलाई न्यानो कम्बल, खाद्यान्न वितरण गरिएको छ । गुरुङ संस्कृती झल्किने विभिन्न साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो ।