पाल्पा : पाल्पाको डुम्रेबाट तिनाउँ गाउँपालिका–६ चिदिस शिखर डाँडा जादै गरेका यात्रुबाहक जिप दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ ।
लु १ ज २३७१ नम्बरको जिप चिदिस शिखरडाँडा जाँदै गर्दा उकालोमा व्याक भई दुर्घटना भएको हो । अन्य आठ जना घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलमा प्रहरी, स्थानीयवासी उद्धारमा जुटेको उनले बताए। घाइतेहरूलाई लुम्बिनी मेडिकल कलेजमा उपचारको लागि पठाइएको छ।