बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर १ स्थित नयाँमिलमा रहेको देविस्थान शुवर्णभूमी टोल विकास संस्थामा माधव भण्डारी निर्वाचित भएका छन् । शनिवार राती सम्पन्न चौथो अधिवेशन तथा सातौँ वार्षिक साधारणसभाबाट भण्डारी ७३ मत लिएर विजयी भएका हुन् । प्रतिस्पर्धी राधिका घिमिरेले २७ मत लिएकी थिइन् । अन्य पदमा सर्वसम्मत भएपनि अध्यक्षका लागि निर्वाचन भएको थियो ।
संस्थाको उपाध्यक्षमा एक बहादुर गाहा, सचिव बसन्ता भुसाल, सह–सचिव कृष्ण प्रसाद भण्डारी र कोषाध्यक्षमा कमल भण्डारी निर्वाचित भएका छन् ।
त्यस्तै, सदस्यहरुमा चन बहादुर खत्री, दिनेश पोख्रेल, ओम बहादुर काकी, लिलाराम भण्डारी, कविता भुसाल, सिता पौडेल पन्थी, सिता पन्थी र धनकला सारु चयन भएका छन् । १५ सदस्यीय समितिमा दुई जना पछि मनोनित गर्ने योजना रहेको नवनिर्वाचित कोषाध्यक्ष कमल भण्डारीले जानकारी दिए ।