बुटवल : नेपाल राष्ट्रिय कर्माचारी संगठन, रुपन्देही जिल्ला कार्य समितीले नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना आदानप्रदान एवं क्यालेण्डर विमोचन कार्यक्रम गरेको छ । शुक्रवार बुटवलमा शुभकामना आदानप्रदान सहित क्यालेन्डर विमोचन गरिएको हो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन केन्द्रिय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज राजु राना, नेकपा माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य सुजित वि.क, नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला संयोजक नारायण जिसि (निर्मल)ले शुभकामना मन्तव्य राख्दै नयाँ वर्षले सवैमा उत्साह र उमंग ल्याउने बताए ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन रुपन्देही जिल्ला कार्य समिती अध्यक्ष उत्सव न्यौपानेको अध्यक्षता र नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज बामदेव क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो ।