काठमाण्डौँ : नेकपा (एमाले) प्यूठान–काठमाण्डौँ सम्पर्क मञ्चको अध्यक्षमा पूनः शंकर जिसी सर्वसम्मत निर्वाचित भएका छन् । शनिवार सम्पन्न १२ औँ सम्मेलनबाट पूनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । मञ्चको उपाध्यक्षमा उपाध्यक्ष अशोक पुरी, सचिव पदम थापा, उपसचिव बाबुराम खड्का र कोषाध्यक्ष आशिष गिरी सर्वसम्मत निर्वाचित भएका छन् । जिसीको यो दोस्रो कार्यकाल हो ।

सम्मेलनको उद्घाटन शत्रमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, पोलिटब्यूरो सदस्य एवं प्यूठानका प्रतिनिधीसभा सदस्य सूर्य थापा लगायतले शुभकामना मन्तव्य राख्दै जनवर्गिय संगठनहरुले पार्टीलाई दरिलो बनाउन साथ दिने बताए । मञ्च नेकपा (एमाले) मा आवद्ध काठमाण्डौँमा बस्ने प्यूठानीहरुको संगठन हो ।
सम्मेलनकै अवसरमा मञ्चले प्यूठानमा नेकपा एमालेको इतिहास, विकास निर्माणमा खेलेको भूमिका, एमालेबाट निर्वाचित जनप्रतिनिधीहरु भूमिका लगायत विषयहरु समेटिएको रातो फूलबारी समेत विमोचन गरिएको छ ।