प्यूठान : नेकपा एमाले प्यूठानको १० औँ जिल्ला अधिवेशन जेठ २० र २१ गते गर्ने निर्णय भएको छ । आईतबार पार्टी कार्यालय विजुवारमा बसेको जिल्ला कमिटीको बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको पार्टी अध्यक्ष विजयविराज बिष्टले जानकारी दिए ।
बैठकले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमितीहरु समेत गठन गरेकोछ । जिल्लाका नौवटै पालिकाबाट ५ सय ६६ जना प्रतिनिधिहरु अधिवेशनमा सहभागी हुने छन् । बैठकमा पार्टीका पोलिटब्यूरो सदस्य एवं प्रतिनिधीसभा सदस्य सूर्य थापा, पोलिटब्युरो सदस्य तथा प्यूठान इन्चार्ज नरूलाल चौधरी, लुम्बिनी प्रदेशका पूर्वमन्त्री हरिप्रसाद लगायतको उपस्थिती थियो ।