काठमाण्डौँ : नेकपा (एमाले) प्यूठान–काठमाण्डौँ सम्पर्क मंचले आफ्नो मुखपत्र ‘रातो फूलबारी’ प्रकाशन गरेको छ । नेकपा एमाले प्यूठानको इतिहास, विकास निर्माणमा एमालेले खेलेको भूमिका, एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुले जनजीविकाका सवालमा गरेको योगदान लगायत विषयलाई समेटेर मुखपत्र प्रकाशन गरिएको सम्पर्क मंचका अध्यक्ष शंकर बहादुर जिसीले जानकारी दिए ।
मुखपत्रको हालै नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विमोचन गरेका थिए । फूलबारीमा प्रकाशित सामग्री पढेपछि प्यूठानमा एमालेको विगत, वर्तमान र भविष्यको बारेमा पूर्ण रुपमा जानकारी लिन सकिने सम्पर्क मंचले जनाएको छ ।