प्यूठान : नेकपा (एमाले) जिल्ला कमिटी प्यूठानको नयाँ नेतृत्वका लागि सहमती जुट्ने संकेत न्यून हुँदै गएपछि निर्वाचनबाट नेतृत्व चयनको तयारी भइरहेको छ । अध्यक्षका आकांक्षीहरुले आफ्नो अडान नछाडेपछि निर्वाचन हुने लागेको हो । अधिवेशनको आइतवार
एमाले महासचिव शंकर पोख्रेलले उद्घाटन गरेका थिए । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष विजयविराज विष्ट, प्रदेश कमिटी सदस्य मधुर शर्मा र पूर्व प्रदेश कमिटी सदस्य अजय सिँहको अडान कायमै छ । आकांक्षी देखिएका इन्द्रमणी पोख्रेल र नेहरसिँह केसीको भने दाबी नरहेको बुझिएको छ ।
निर्वाचनबाट पदाधिकारी सहित कुल ८९ जना निर्वाचित हुनेछन् । दश प्रतिशत सदस्य पछि मनोनित हुने व्यवस्था छ । निर्वाचन मण्डलका अध्यक्ष नेत्र बहादुर रोका क्षेत्रीका अनुसार नौ स्थानीय तहमध्ये नौवहिनी गाउँपालिका, प्यूठान नगरपालिका र स्वर्गद्धारी नगरपालिकाबाट चुनिने प्रतिनिधीहरुको विषयमा सहमती जुट्न सकेको छैन् । अन्यमा सहमती जुटेको छ ।