बुटवल : नेकपा (एमाले) रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे सर्वसम्मत निर्वाचित भएका छन् । पार्टीको दशौँ जिल्ला अधिवेशनबाट गैरे निर्वाचित भएका हुन् । विहिवार र शुक्रवार सम्पन्न अधिवेशनले गैरे सहित सवै पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । नवनिर्वाचित गैरे एमाले रुपन्देहीको निवर्तमान पार्टी सचिव हुन् । तिलोत्तमा रुपन्देही निवासी उनी बुटवल बहुमुखी क्याम्पसको पूर्व स्ववियु सभापती समेत हुन् ।
अधिवेशनबाट उपाध्यक्ष हितराज पन्थी, सचिव चित्रबहादुर कार्की, उपसचिव बाबुराम पन्थी र सुनिता ठठेर निर्वाचित भएका छन् । अधिवेशनमा जिल्लाभरबाट ८ सय ५३ जना प्रतिनिधी सहभागी थिए ।