बुटवल : नेपाल पत्रकार महासंघले चौतर्फी विवादित बनेको सदस्यता शुद्धीकरणलाई टुंगोमा नपु¥याई निर्वाचन प्रक्रिया अगाडी बढाएकोप्रति नेपाल प्रेस यूनियनले विरोध जनाएको छ । शनिवार यूनियनका कार्यवाहक अध्यक्ष प्रेम केसीले ध्यानाकर्षण पत्र बुझाउँदै २४ घण्टाभित्र आफूहरुले राखेका मागहरुको सम्वोधन नगरे देशभर प्रतिकार गर्ने तयारी गरेको जानकारी दिए ।
‘जवरजस्ती एकलौटी ढंगले निर्वाचन प्रक्रिया अगाडी थालेमा त्यसबाट उत्पन्न हुने परिस्थितीको स्वयं पत्रकार महासंघ हुनेछ’,ध्यानाकर्षण पत्रमा भनिएको छ,‘सदस्यता सुल्झाएर मात्र निर्वाचन प्रक्रिया थाल्न माग गर्दछौँ ।’
महासंघको जिल्ला र प्रदेश समितिले सिफारिस गरेका भन्दा निकट र राजनीतिक दलका नेताको पहुँच पु¥याउनेहरुको मात्र सदस्यता नविकरण गरिएको यूनियनले जनाएको छ । ‘मागप्रति वेवास्ता गरे देशभर चुनाव हुन दिन्नौँ’,कार्यवाहक अध्यक्ष केसीले भने,‘महासंघको विधान अनुसार सदस्यता शुद्धीकरण होस् भन्ने हाम्रो माग हो ।’
यूनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल अन्तराष्ट्रिय पत्रकार महासंघको कार्यक्रमका लागि बेलायतमा छन् । महासंघको निर्वाचन समितिले चुनावको तालिका शुक्रवार सार्वजनिक गरेको छ ।