काठमाण्डौँ : नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालयको भागबण्डा टुंगिएको छ । एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउनेछ ।
कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकासलगायतका मन्त्रालय लिनेछ । मन्त्रालयको टुंगो लागेपनि मन्त्रीहरुको दुवै पार्टीले नै अझै नाम टुंग्याएका छैनन् ।