बुटवल : लायन्स क्लव अफ बुटवल स्मार्ट सिटीले कान्ति माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । क्लवका सस्थापक अध्यक्ष सुरेन्द्रमान भारीको स्व. आमाको सम्झनामा बुवा झपिन्द्रमान भारीले ‘विद्यालक्ष्मी भारी स्मृती अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग गरेका थिए ।
एक लाख एक हजार रुपैयाँ राशीको अक्षयकोष स्थापना गरिएको क्लवका अध्यक्ष प्रकाश खनालले जानकारी दिए । उक्त कोषबाट विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने छ । विगत ६ वर्षदेखि बुटवलमा लायन्सले निरन्तर रुपमा सामाजिक क्षेत्रमा विभिन्न कामहरु गर्दै आइरहेको छ ।
अक्षयकोष स्थापना कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ पि का डिस्ट्रिक गभर्नर पुरूषोत्तम भक्त प्रधानाङ्गको प्रमुख आतिथ्यता र अध्यक्ष खनालको अध्यक्षता रहेको थियो । विद्यालयका प्रधानाध्यापक गोबिन्द ज्ञवाली, लायन्सका पिएमजे बालाराम भट्टराई, सेकेण्ड भिडिजी एमजेएफ सन्दीप कशौधन, डिस्ट्रिक जिएमए कोर्डिनेटर एमएल पान्डे, सहयोगदाता झबिन्द्रमान भारीको विशेष उपस्थिती थियो । कार्यक्रमको सहजीकरण सचिव जीवन श्रेष्ठ र स्वागत सुरेन्द्रमान भारीले गरेका थिए ।