झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिका ४ बांगेमरोठमा स्थापना भएको एक्टिभ युथ क्लवले गाउँलाई चिनाउनका लागि हरेक वर्ष विभिन्न खेलकुद लगायत साँस्कृतिक कार्यक्रम संचालन गर्दै आइरहेको छ । यसवर्ष पनि क्लववले साँस्कृतिक कार्यक्रम सहित भलिवल प्रतियोगिता संचालन गरेको थियो ।
प्रतियोगितामा यसवर्ष रोयल डाडा दारिमचौर (प्रथम), सनराइज बादिकोट (दोस्रो), मदाने युवाक्लव गुल्मी (तेस्रो) भए । प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमशः २५, १५ र १० हजार पुरस्कार प्रदान गरिएको थियो । प्रथम पुरस्कारको प्रायोजक स्थानीय रबिन जिसीले गरेको थिए । गाउँको पहिचानका लागि क्लवले हरेक वर्ष विभिन्न किसिमका खेलकुद प्रतियोगिता संचालन गर्दै आइरहेको छ ।