बुटवल : मृगौला तथा मुत्ररोग सम्वन्धी बुटवलमा स्वास्थ्य संवाद् कार्यक्रम गरिएको छ । उक्त रोगबाट पछिल्लो समय नागरिकहरु दिनप्रतिदिन सिकार हुँदै गएको भारतका मिर्गौला तथा मुत्र विशेषज्ञ डाक्टर अकुर आर्यले बताएका छन् । तर, समयमै उपचार पाउन सके यो रोग निको हुने उनको भनाई छ । समयमा उपचार हुन नसक्दा यस रोगले जटिल समस्या निम्त्याउने उनको भनाई छ ।
सिएफसी हेल्थ सोलुसन प्रा.लि बुटवलले आयोजना गरेको स्वास्थ्य संवाद् कार्यक्रममा भारतको न्यू दिल्ली स्थित बिआइके माक्स हस्पिटलका निर्देशक समेत रहेका डा.आर्यले बुटवलका उद्यमी, व्यवसायी, प्रध्यापक, कानून व्यवसायी, सामाजिक अगुवा, महिला र विभिन्न संघ संस्थाका व्यक्तिहरुसंग अन्तरसंवाद कार्यक्रम गरेका थिए ।
बहुसंख्यक नागरिकहरुले आफूलाई मिर्गौला तथा मुत्र लागेपछि उपचार गराउने नेपाल पछिको अर्को मुलुक भारत भएकाले यहाँका नागरिकहरुसंग संवाद् कार्यक्रम गरिएको सिएफसी हेल्थ सोलुसन प्रा.लि बुटवलका संचालक एलपी पाण्डेले जानकारी दिए ।
उनका अनुसार भारतका १३ वटा अस्पतालहरुसंगको सहकार्यमा नागरिकहरुको उपचारमा सहजीकरण गरिदै आएको छ । भारतको अपोलो अस्पताल, बीएलके म्याक्स सुपर स्पेशालिटी अस्पताल, म्याक्स सुपर स्पेशालिटी अस्पताल, मेदान्त अस्पताल, एमजीएम हेल्थ केयर, मणिपाल, फोर्टिस अस्पताल समूह, आर्टेमिस, नारायण हेल्थ, यशोदा, किम्स, वेङ्कटेश्वर र यथार्थ अस्पतालको सहकार्यमा नेपालका नागरिकहरुको उपचारमा सहजीकरण गरिएको पाण्डेले बताए ।
अन्तर संवाद कार्यक्रममा सहभागी विभिन्न व्यक्तिहरुले आफूलाई लागेका जिज्ञासा राख्नुका साथै मृगौला तथा मुत्र रोग लागेपछिको समस्या, कारण र समाधानका उपायहरुका विषयमा बृहत छलफल भएको थियो । कार्यक्रमको सहजीकरण सिएफसी हेल्थ सोलुसन प्रा.लि बुटवलका संचालक एलपी पाण्डे र विष्णु पन्थले गरेका थिए ।