काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस विभाजनमा पुग्नु मुलुकको डेमोक्रेसीका लागि चिन्ताको विषय भएको बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीको विधानलाई लत्याएर सडकबाट बहुमत पुर्याउने कुराले मुलुकमा डेमोक्रेसीलाई, सिंगो समाजलाई नै अराजकतातर्फ डोहोर्याउने प्रपञ्च रचिएको जिकिरसमेत गरे।
उनले भने, ‘बैठक कसले बोलाउँछ, महाधिवेशन कसले बोलाउँछ? थिति होला नि। बहुमत, अल्पमतको टुंगो गर्ने पनि त थिति होला नि। कसैले सडकमा बहुमत पुर्याए भनेर भनेको भरमा बहुमत पुग्यो कि पुगेन? डेमोक्रेसीलाई अराजकतातर्फ, समाजलाई अराजकतातर्फ लैजान खोजियो।’