गुल्मी : गुल्मी निर्वाचन क्षेत्र नम्वर १ बाट नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय तम्घासमा उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनी २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीसंग पराजय भएका थिए । ज्ञवाली र भण्डारीलाई यस क्षेत्रका मतदाताहरुले आलोपालो निर्वाचित गराउँदै आएका छन् । कांग्रेसबाट भण्डारीले मनोनयन दर्ता गराएका छन् ।