प्यूठान : फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार रहनुभएका सूर्य थापालाई विजयी गराउनका लागि एमाले प्यूठानले चुनावी ‘कमाण्डर’ तोकेको छ । पार्टी जिल्ला सचिवालय बैठकले नेतृत्व चयन गरेको हो ।
प्रदेश कमिटीमा रहेर पालिका इन्चार्जको भुमिकामा रहेका सदस्यहरुलाई चुनावी अभियानको नेतृत्वको जिम्मेवारी दिएको एमाले प्यूठानका सचिव इन्द्रमणि पोख्रेलले जानकारी दिए । पार्टी जिल्ला अध्यक्ष विजयविराज विष्टको अध्यक्षता, केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सचिवालय बैठकले यस्तो निर्णय गरेको उनले बताए ।
बैठको निर्णय अनुसार केन्द्रीय कमिटीका पूर्व सदस्य हरि प्रसाद रिजाल, प्रदेश कमिटीका सचिवालय सदस्य तुल्सीराम शर्मा, प्रदेश कमिटी सदस्यहरु धनबहादुर रायमाझि, नेत्रबहादुर रोकाय, श्रीधर रोका, पुरन गुरुङ, झगबहादुर विश्वकर्मालाई नेतृत्वको जिम्मेवारी तोकेको हो ।
त्यस्तै, प्रदेश कमिटी सदस्य लक्ष्मी प्रकाश राजभण्डारी, दिपा घर्ति पौडेल, मानबहादुर जिसी, ज्ञानुमाया केसी र विष्णु बहादुर केसी, अनेरास्ववियुका निवर्तमान उपाध्यक्ष धर्म गिरीलाई चुनावी अभियानको जिम्मेवारी दिएको एमाले प्यूठानले जनाएको छ ।