बुटवल : महिन्द्रा कम्पनीका नयाँ मोडलका पिकअप बलेरो पिकअपहरु बजारमा आएका छन् । शुक्रवार एक कार्यक्रमका बीच रुपन्देहीको भलवारीमा उक्त कम्पनीका पिकअप सार्वजनिक गरिएको हो ।
महिन्द्राको नेपालका लागि आधिकारिक विक्रेता अग्नि ग्रुपअन्तर्गतको अग्नि आस्था भलवारीद्वारा आयोजित उक्त कार्यक्रममा व्यवसायी, उद्योगी र सर्वसाधारण नागरिकको उपस्थिती रहेको थियो ।
कार्यक्रममा अग्नि ग्रुपका क्षेत्रीय प्रबन्धक गोकुल खरेल र अग्नि आस्थाका विक्री विभाग प्रमुख प्रज्वल अर्यालले बोलेरो पिकअपका विशेषता, क्षमता र महत्वका बारेमा जानकारी गराएका थिए । पहाडी भूभागका सडकहरुमा बलियो, टिकाउ र उच्च क्षमता भएका पिकअप सवारीको माग दिनप्रतिदिन बढ्दै गइरहेको उनीहरुले बताए ।
नयाँ सार्वजनिक गरिएको बोलेरो पिकअप दुई फरक मोडलमा उपलब्ध रहेका छन् । जसमा एचडी १.७ एलएक्स र एचडी २.० एल एसएक्सआई मोडलका छन् । यी दुबै मोडल विशेषगरी व्यवसायिक प्रयोजनका लागि डिजाइन गरिएको कम्पनीले बताएको छ ।
जसमा १.७ देखि २ टनसम्म भार वहन गर्नसक्छ । यसले कृषिजन्य उत्पादन, निर्माण सामग्री तथा अन्य व्यापारिक वस्तुको ढुवानीका लागि अत्यन्त उपयोगी हुने अपेक्षा गरिएको छ । गाडीमा शक्तिशाली डिजेल इन्जिन जडान गरिएको छ, जसले उच्च टर्क प्रदान गर्छ र इन्धन खपतलाई समेत नियन्त्रणमा राख्छ ।
गाडीको सस्पेन्सन प्रणाली मजबुत बनाइएको छ जसले कच्ची सडक, उकालो–ओरालो तथा दुर्गम क्षेत्रका बाटोहरूमा पनि सहज सञ्चालन सुनिश्चित गर्दछ । गाडीको ग्राउण्ड क्लियरेन्स उच्च रहेकोले नेपालका ग्रामीण तथा पहाडी क्षेत्रमा सञ्चालन गर्न उपयुक्त मानिएको छ। यसको कार्गो बेड फराकिलो र बलियो बनाइएको छ जसले धेरै सामान एकैपटक सुरक्षित रूपमा बोक्न सहयोग पु¥याउँछ ।
नेपाली बजारमा उक्त गाडीको मूल्य करिब २९ लाख ९५ हजार देखि ३२ लाख ९५ हजार रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले प्रतिस्पर्धात्मक बजारलाई ध्यानमा राखेर मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ । ग्राहकहरूले अहिले नै बुकिङ गर्न सक्ने र छिट्टै डेलिभरी सुरु गरिने पनि जानकारी दिइएको छ ।
कार्यक्रममा बोल्दै खरेलले उक्त गाडी नेपाली ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको बताउँदै यसको मजबुती, कम मर्मत खर्च र उच्च कार्यक्षमताले यसलाई व्यवसायिक क्षेत्रमा लोकप्रिय बनाउने विश्वास व्यक्त गरे । नेपालमा विशेषगरी साना तथा मध्यम व्यवसायी, कृषक र निर्माण क्षेत्रमा संलग्न व्यक्तिहरूका लागि भरपर्दो पिकअप सवारी अत्यन्त आवश्यक मानिन्छ ।