बुटवल : नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन् । चैत १७, १८ र १९ गते महासंघको १३ औँ महाधिवेशन र २६ औं वार्षिक साधारणसभा काठमाण्डौंमा हुँदैछ ।
प्यूठानमा जन्मिएका श्रेष्ठ विगत २२ वर्षदेखि निरन्तर निर्माण व्यवसायको क्षेत्रमा क्रियाशिल छन् । वि.सं २०३६ साल पुस १० गते जन्मिएका उनी आफ्ना गोपालप्रसाद श्रेष्ठको प्रेरणाबाट यस क्षेत्रमा लागेका हुन् । उनले स्वर्गद्धारी बहुमुखी क्याम्पस विजुवार प्यूठानबाट अर्थशास्त्रमा स्नातक उत्र्तिण गरेका छन् ।
आर्थिकोपार्जन गर्ने नयाँ नयाँ क्षेत्र र अर्थ व्यवस्थापनलाई चुस्तदुरुस्त पार्ने काममा उनी दख्खल मानिन्छन् । प्यूठानकै कालिका विकास केन्द्र नेपालमा उनी कोषाध्यक्ष पदमा रहेर पनि काम गरे । त्यही संस्थाले संचालन गरेको डिएफआइडी अन्तर्गत आशा कार्यक्रमको समेत उनले लेखापाल भएर चार वर्षसम्म काम गरेको अनुभव छ ।

श्रेष्ठसँग प्यूठान उद्योग वाणिज्य संघको तीन वर्षसम्म कोषाध्यक्ष भएर समेत काम गरेको अनुभव छ । निर्माण व्यवसायी संघ प्यूठानको उनी सचिव समेत भए । जिल्लामा निर्माणको क्षेत्रमा उत्कृष्ट काम गरेको अनुभवकै आधारमा उनको पाइला नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रमा अघि बढ्यो ।
महासंघ केन्द्रमा उनी २०७२ सालदेखि हालसम्म निरन्तर केन्द्रीय सदस्य पदमा क्रियाशिल छन् । अघिल्लो १२ औं महाधिवेशनमा भने उनी आन्तरिक उपमहासचिव पदमा झिनो मतान्तरले पराज भए ।
श्रेष्ठले २०६० पुस १० गते सालमा आँशु निर्माण सेवा कम्पनी स्थापना गरेर हालसम्म निरन्तर संचालन गरिरहेका छन् । दर्जनौं संख्यामा पक्कीपुल सहित सडक, गाउँपालिका, नगरपालिकाका प्रशासनिक भवन, विभिन्न स्वास्थ्यचौकीहरु लगायत निर्माण क्षेत्रमा उनले समयमै काम गरेर देशभरमै ख्याती कमाउने व्यवसायीभित्र पर्छन् ।
श्रेष्ठ यस्ता व्यवसायी हुन्, उनले आफुले जिम्मा लिएर अलपत्र पारेका कुनै पनि योजनाहरु हालसम्म छैनन् । व्यवसायी कालोसूचिमा परेर बदनामी उनले कहिल्यै खेप्नुपरेन् । उल्टै आफूले सरकारसंग गरेको योजनाको समय अगाडी नै काम सम्पन्न गरेर राज्यबाट सम्मानित समेत भइसकेका छन् ।
व्यवसायप्रतिको निरन्तरता र लगनशिलताकै कारण यसपाली आफ्नो केन्द्रीय कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको उनले प्रतिक्रिया दिएका छन् । ‘मैले अहिलेसम्म जति काम गरे सवैमा इमान्दारीता देखाए, यसमा कत्तिपनि कमी हुनेछैन्’,श्रेष्ठ भन्छन्,‘निर्माण व्यवसायीका पीडा के हुन्, खास भूगोलमा के समस्या छ र त्यसलाई कसरी समाधान गर्ने भन्ने कुरा मैले राम्रोसँग बुझेको छु । सरकारसंग गर्नुपर्ने बार्ता र व्यवसायीका पिरमर्कालाई सुल्झाउन मेरो विशेष भूमिका हुनेछ ।’
यस्ता छन्, श्रेष्ठले अघि सारेका निर्माण क्षेत्रका मुद्दाहरु :
- लोबिड अन्त्य गर्न १५ प्रतिशत भित्र एभरेज विण्डिङ गर्नुपर्ने ।
- एसविडि डकुमेन्ट लाई समय अनुकुल परिमार्जन गरि फिल्डभिजिट, कुनै जिल्ला संघमा दर्ता रहेको संस्था दर्ता प्रमाण पत्र पेश गर्न मेन्डिटरी गराउन पहल गर्ने ।
- सवै प्रकारको ठूला साना जुनसुकै अवधिको ठेक्कामा मुल्यवृद्धि दिनुपर्ने ।
- पाँच प्याकेज ठेक्कालाई व्यवस्थित गर्दै सिस्टमा अटोलक हुने व्यवस्था गर्नुगर्ने ।
- अनावश्यक इजाजत (लाईसेन्स) वितरण प्रणालीलाई व्यवस्थित गर्दै एकद्धार प्रणालीवाट गर्नुपर्ने ।लाईसेन्स नवीकरण गर्दा पालिका अनुसार फरक फरक नविकरण शुल्क लिने व्यवस्थालाई निर्माण व्यवसायी ऐनमा व्यवस्था भएको शुल्क लिन पहल गर्ने ।
- कर चुक्ताले मात्रै धरौटी फिर्ता दिन पहल गर्ने ।
- धेरै वर्षदेखि काम हुन नसकेको योजना कुनै वजेट अभाव, डिजाईनको समस्या, मुआव्जा, म्याद थप हुन नसक्नु कानूनी जटिलता, जस्ता विगत एक दशकदेखि नभएका योजनालाई सुविधाको आधारमा फोरफारक गर्न पहल गर्ने ।
- सार्वजनिक खरिद ऐनको दफा ५८ लाई खारेज गर्न पहल गर्ने ।
- नयाँ लाईसेन्स लिएका व्यवसायीलाई कम्तिमा ३ वर्ष सम्म ५० लाख सम्म ठेक्का हाल्ने व्यवस्था गर्नुपर्ने ।
- ५ करोड सम्मको ठेक्का जिल्ला भित्रका व्यवसायीहरूले मात्रै प्रतिस्पर्धा गर्नुपर्ने ।
- निर्माण क्षेत्रका काम गर्दा भूक्तानी लिदा वा कर चुक्ता लिदा तिर्ने कर तिरेपछि निर्माण कम्पनीले जेभि कम्पनी वा एकल कम्पनी बन्द गर्न चाहेमा स्वत वन्द हुने व्यवस्था गर्न पहल गर्ने ।
- सार्वजनिक खरिद ऐन निर्माण व्यवसायीमैत्री बनाउन पहल गर्ने ।
- बेरूजुलाई महालेखा परीक्षकको कार्यालयसंग समन्वय गरि फोरफारक गर्न पहल गर्ने ।
- जिल्ला जिल्लामा व्यवसायीका हितमा तालिमहरु संचालन गर्ने ।
- जिल्ला जिल्लामा कानूनी तथा विज्ञ प्राविधक समूह गठन गरि परेका समस्याहरु जिल्ला संघवाटै समस्या सामाधान गर्नको लागि महासंघबाट वजेट व्यवस्थापन गर्ने ।