प्यूठान : गौमुखी गाउँपालिका प्यूठान र लमही आँखा अस्पतालको संयूक्त आयोजनामा संचालन गरिएको बृहत आँखा परिक्षण उपचार तथा स्क्रिनिङ शिविरमा सयौं जना प्रत्यक्ष लाभांवित भएका छन् । चैत १६ गतेदेखि शुरु भएको शिविर २१ गतेसम्म संचालन भएको थियो ।
शिविरमा कुल ६ सय ६ जनाले आँखाको चेकजाँच गरेका थिए । त्यसमध्ये ४१ जना व्यक्तिहरु शल्यक्रियाका लागि छनौट भएका थिए । गाउँपालिकाले शल्यक्रिया गर्नेहरुमध्येबाट ३६ जनाको निःशुल्क शल्यक्रिया शिविर स्थल पूँजा स्वास्थ्य चौकीमै गरेको छ ।
-1775400217.jpeg)
लमही आँखा अस्पतालका प्रमुख नेत्र विशेषज्ञ प्रध्यापक डा.प्रदीप बास्तोला सहितको विशेषज्ञ टोलीले विरामीहरुको शल्यक्रिया गरेका थिए । मोतिविन्दुको समस्याले उज्यालो संसार देख्नबाट बञ्चित भएका नागरिकहरु घरदैलोमै संचालन भएको शिविरबाट लाभांवित भएका छन् ।
शिविरमा दृष्टि कमजोर भएका व्यक्तिहरुको दृष्टि सुधार तथा चश्मा वितरण समेत गरिएको गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले जानकारी दिए । आँखा रोगका कारण हुनसक्ने अन्धोपन तथा दृष्टि अपांगतालाई न्यूनीकरण गर्नका लागि गाउँपालिकाले शिविरको आयोजना गरेको रानाले प्रतिक्रिया दिए ।
-1775400216.jpeg)
घरदैलोमा संचालन गरिएको शिविरबाट पालिकाका नागरिकहरुको खर्च समेत जोगिएको छ । शिविर पूँजा स्वास्थ्यचौकी सहित लिवाङ, अर्खा, नारीकोट, खुङ, रजवारा स्वास्थ्यचौकी र मस्टथान सामुदायिक इकाईमा संचालन गरिएको उपाध्यक्ष रानाले जानकारी गराए ।
-1775400218.jpeg)
उनका अनुसार लिवाङ र अर्खा स्वास्थ्यचौकीमा सात÷सात जना, नारीकोटमा पाँच जना, मस्टथानमा ६ जना, खुङमा १३ जना र रजवारा स्वास्थ्यचौकीमा तीन जना व्यक्तिहरुको शल्यक्रिया गर्नुपर्ने देखिएको थियो ।