- जुनसुकै विधाका गित सजिलै गाउँछन् शनी
दाङ : एपी वान टेलिभिजनले प्रशारण गरिरहेको आईएमई लोक स्टारको लागि प्रतिस्पर्धामा उत्रिएका रोल्पाका शनि विश्वकर्मा भोट माग्दै दाङ पुगेका छन् । नेपालको सबै भन्दा ठुलो रियालिटि शो लोक स्टार बन्नका लागि चार जना फाईनलमा पुगेका हुन् । फाईनलमा प्रवेश गरेका यी चार प्रतिस्पर्धी नव गायकहरु मध्ये एक जना स्टार बन्ने छन् ।
त्यहि स्टार बन्ने कडा प्रतिस्पर्धामा रहेका शनि आफ्नो लागि भोट माग्दै दाङ फर्किएका हुन् । गाउँ फर्किएको अबसरमा शनि विश्वकर्माका आफन्त, शुभचिन्तक र फ्यानहरुले शनि विश्वकर्मा जिताऔँ अभियान सञ्चालन गरेका छन् । अभियानले घोराहीमा कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ दाङको सभाहलमा बुधबार आयोजना भएको कार्यक्रममा बोल्दै गायक शनि विश्वकर्माले नेपाली लोक गीतको क्षेत्रमा आयोजना गरिएको यो रियालिटि शोमा आफु फाईनलमा प्रबेश गर्नु महत्वपुर्ण कुरा रहेको बताए । उनले अब स्टार बन्नका लागि धेरै भन्दा धेरै समर्थकहरुको साथ र भोटको आवश्यकता परेकाले आफु भोट माग्दै दाङ आएको सुनाए ।
रोल्पा घर भई घोराहीमा अध्ययन गर्दै आएका उनलाइ पहिलो लोक स्टार बनाउनका लागि कुनै कसर बाँकी नराखेको कार्यक्रम संयोजक शेरबहादुर डाँगीले उल्लेख गरे । दुर्गम रोल्पामा जन्मिएका शनीले जुनसुकै विधाका गितसंगीलाइ सजिलैसँग गाउन सक्दछन् ।
दाङका सहायक प्रमुख जिल्ला अधिकारी गंजबहादुर एमसीले शनिको कला र प्रतिभाबाट आफू प्रभावित भएको बताउँदै सबैले भोट गरेर सहयोग गर्न आग्रह समेत गरे । नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले समेत दाङको सञ्चार क्षेत्रबाट शनि विश्वकर्माको प्रचार प्रसारका लागि काम भइरहेको बताउँदै आफुहरु साथमै रहेको आश्वासन दिए । शनीलाइ भोट गर्न मोवाइलमा एल स्पेश २४ टाइप गरी ३७००० मा भोट गर्न सकिन्छ ।