रोल्पा : गोरखा, नुवाकोट र काठमाण्डौंँबाट पैदलै हिडेर आएका रोल्पा र रुकुमपूर्वका महिला, बालबालिका र केहि पुरुषहरुलाई इलाका प्रहरी कार्यालय घर्तीगाउँ रोल्पाले निःशुल्क खाना खुवाएको छ । ईटाभट्टा र विभिन्न आयोजनामा मजदुरी गर्न गएका करिब ४० जनालाई खाना खुवाएर सम्बन्धित गाउँसम्म पु¥याउन सहजीकरण गरेको इलाका प्रहरी कार्यालय घर्तीगाउँ रोल्पाका इन्चार्ज प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए । ‘चार दिनसम्म राम्रोसँग खाना खान नपाई हिडेर आउनुभएको रहेछ’ खड्काले भने ‘उहाँहरुको पीडा देखेर हामीले सकेको गरेका हौं ।’

रुकुम पूर्व, रोल्पाको माडी, परिवर्तन र थबाङ गाउँपालिकाका पैदल यात्रीहरुलाई खाना खुवाएर केहि समय विश्राम पश्चात पठाएको प्रहरीले जनाएको छ । जिल्लाको शहीदमार्ग हुदैं दैनिक सयौंँको संख्यामा मजदुरहरु घर फर्किरहेका छन् ।
