बुटवल : बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले कोरोनाले नागरिकहरुमा निराशा र डिप्रेसन हुनेखालको खतरा देखिएकाले यस्ता समस्यालाई निराकरण गर्ने खालका संगीत सृजना गर्न कलाकारहरुलाई आग्रह गरेका छन् । शनिवार राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल, प्रदेश ५ ले प्रकाशन गरेको भित्तेपात्रो विमोजन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

लकडाउनको समय लम्विदै गएको र यसले मानिसमा निराशा छाएको बताउँदै उनले संगीतको माध्यमबाट कमी ल्याउने खालका रचनामा ध्यानदिन सुझाए । कला, संस्कृति राष्ट्रको गहना भएकोले यसको संरक्षणमा सवै अग्रसर हुनुपर्नै बताउँदै उनले बुटवल उपमहानगरपालिकाले पनि साथ दिने आश्वासन दिए ।

प्रतिष्ठानका केन्द्रिय सल्लाहकार खिम बहादुर हमालले लकडाउनका कारण जनजीवन नै प्रभावित बनिरहेको अवस्थामा लोकदोहोरी क्षेत्रका कलाकारहरुले कोरोनाबाट उत्पन्न परिस्थितीलाई सामान्य बनाउने खालका गीतहरु सृजना गर्न ध्यान दिने बताए ।