Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
मंगलवार, माघ १७, २०७९
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
उफ ! गर्जेनीको जाम
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चोर समात्नुस्, दश हजार लैजानुस् !
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
अब झिमरुकको आफ्नै पाठ्यक्रम
स्वास्थ्य /शिक्षा
  • Home
  • News
  • प्यूठानको स्वास्थ्यमा झिमरुक उत्कृष्ट, के गर्‍यो नविनतम काम ?
प्यूठानको स्वास्थ्यमा झिमरुक उत्कृष्ट, के गर्‍यो नविनतम काम ?
64x64
शनिवार, आश्विन १, २०७९ केशरराज क्षेत्री

प्यूठान : प्यूठानका नौ वटा स्थानीय तहमध्ये झिमरुक गाउँपालिका स्वास्थ्य क्षेत्रको कार्यसम्पादनका उत्कृष्ट भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको मापदण्ड अनुसार स्वास्थ्य कार्यालय प्यूठानले गरेको मूल्यांकनका आधारमा झिमरुक उत्कृष्ट भएको हो ।

आर्थिक वर्ष २०७८÷०७९ को वर्षभरीमा गरिएको सेवा प्रवाह लगाएत विषयलाई समेटेर स्वास्थ्यले निश्चित सुचक तोकेको थियो । लक्ष्य अनुसार सूचकहरु झिमरुकले तोकिएको समयमा पुरा गरेको छ । कार्यसम्पादनका लागि प्रदेश र संघीय सरकारले स्थानीय तहलाई निश्चित सूचकहरु दिने गर्छ । स्वास्थ्य कार्यक्रमहरुको वार्षिक प्रगतीको मुख्य सूचकहरुको मूल्यांकनको आधारमा झिमरुक पहिलो भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

जिल्लामै उत्कृष्ट कार्यसम्पादन गरेकाले स्वास्थ्य कार्यालय प्यूठानले वार्षिक समिक्षा कार्यक्रमको अवसरमा गाउँपालिकालाई सम्मान गरेको हो । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सिनियर अहेव विकाश केसीलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरियो । कामको मूल्यांकन गरेर पालिकालाई गरेको सम्मानले थप उत्साहित बनाएको स्वास्थ्य शाखा प्रमुख केसीले प्रतिक्रिया दिए । स्वास्थ्यले प्रत्येक वर्ष वार्षिक समिक्षामा सम्मान गर्ने गर्दछ ।

गाउँपालिकाले के ग¥यो नविनतम ?

झिमरुक जिल्लामै कम विवादमा आउने पालिकाभित्र पर्छ । विवाद कम भएकै कारण तोकिएका सूचकहरु पुरा गर्नका लागि पालिकालाई सहज भएको कार्यरत कर्मचारीहरु सुनाउँछन् । गाउँपालिकाले गत आर्थिक वर्षदेखि पालिकाभरी रहेका ८० वर्ष माथीका जेष्ठ नागरिकहरुलाई घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिने गरेको छ । स्वास्थयकर्मीहरु घरमै पुगेर औषधी उपचार सेवा सहित उपाध्यक्ष कोशेली कार्यक्रम समेत वितरण गर्ने गरिएको स्वास्थ्य शाखा प्रमुख केसीले जानकारी दिए । उपाध्यक्ष कोशेली कार्यक्रम अन्तर्गत एक दर्जन विष्कुट, टाबेल, ग्लुकोज, नङ काट्ने मेशिन, सावुन, मसाज तेल लगाएत दैनिक उपभोग्य सामग्री प्रदान गरिन्छ ।

६० वर्षमाथीका जेष्ठ नागरिक र स्वयमसेविकाहरुलाई नगरेन्द्र गायत्री आँखा अस्पताल विजुवारको सहकार्यमा निःशुल्क आँखा उपचार सेवा दिइँदै केसीले जानकारी गराए । यसका लागि गाउँपालिकाले वर्षेनी झण्डै पाँच लाख रुपैयाँ बजेट विनियोजन गर्छ । मोतियाविन्दुको शल्यक्रिया सहितको आँखा उपचार सेवाबाट गाउँपालिकाका ४ सय ४ जना नागरिकहरु प्रत्यक्ष लाभांवित भएका छन् ।

गाउँपालिकामा दश जना व्यक्तिहरु एच.आई.भी संक्रमित छन् । संक्रमित व्यक्तिहरुलाई गाउँपालिकाले प्रत्येक वर्ष प्रति व्यक्ति १८ हजार रुपैयाँका दरले पोषण भत्ता उपलव्ध गराउने गर्दछ । पूर्ण प्रसुती जाँच र संस्थागत प्रसुतीमा बृद्धि गर्नका लागि सासुबुहारी अन्तरक्रिया कार्यक्रम ८ वटै वडामा संचालन हुन्छन् । यस कार्यक्रमले पूर्ण गर्भजाँचलाई समेत टेवा प¥याएको छ ।

ओखकोट स्वास्थ्यचौकीमा पोषण गृह पूनः स्थापना गरी सात जना कुपोषित बच्चाहरुलाई उपचार सेवामा ल्याइएको केसीले जानकारी दिए । पालिकाले कुपोषित बच्चाहरुको नियमित खोजी गरी उनीहरुलाई पोषण सामग्री, विऊपल र सरसफाईका सामग्री वितरण गर्ने गर्दछ । गतवर्षदेखि यो कार्यक्रम शुरु भएको हो ।

कर्मचारी र जनप्रतिनिधीबीचको समन्वयले समग्र स्वास्थ्य शाखामा प्रगती देखिएको प्रमुख प्रशासकीय अधिकृत शुवास रिजालले प्रतिक्रिया दिए । उनले स्वास्थ्यसँगै अन्य विषयगत क्षेत्रमा समेत गाउँपालिकाले देखिने गरी उपलव्धी हासिल गरेको दाबी गरे ।

गाउँपालिकामा पाँच वटा स्वास्थ्यचौकी, तीन वटा आधारभूत स्वास्थ्यकेन्द्र, २० वटा गाउँघर क्लिनिक, ५ वटा बर्थिङ सेन्टर र ४८ जना महिला स्वास्थ्य स्वयमसेविका छन् । बाँदीकोट स्वास्थ्यचौकी र भारतीय भूपु सैनिकले गरी दुई वटा एम्वुलेन्स संचालनमा रहेको स्वास्थ्य शाखाले जनाएको छ । (बुटवल टुडे)


प्रकाशित मिति: शनिवार, आश्विन १, २०७९, ०७:२५:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
बालरोग विशेषज्ञको सेवापछि विरामीको चाप
परीक्षाको कापी फिर्ता नगरेपछि खनाल विरुद्ध प्रशासनमा उजुरी
कोरोनाको नयाँ भेरियन्टको जोखिम
स्वास्थ्य /शिक्षा
उजिर सिंहमा रक्तदान
64x64
मंगलवार, पुष ५, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
स्वास्थ्य /शिक्षा
लुम्विनी बौद्ध विश्वविद्यालयले भन्यो,‘भ्रम छर्न खोजियो, निन्दा गर्छौ’
64x64
बुधवार, मंसिर २८, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
उफ ! गर्जेनीको जाम आइतवार, माघ १५, २०७९ 137
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चोर समात्नुस्, दश हजार लैजानुस् !
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
अब झिमरुकको आफ्नै पाठ्यक्रम
पोष्ट
उफ ! गर्जेनीको जाम प्यार अलि खाँन
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी बासुदेव गिरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’ बासुदेव गिरी
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
एमाले, कांग्रेस मिलेर स्थायी सरकार बनाउनुपर्छ : सूर्य थापा बिहिवार, मंसिर २९, २०७९
को हुन् प्यूठानका ५ सांसद् ? सोमवार, मंसिर २६, २०७९
यी हुन् सर्वाधिक मत लिएर विजयी हुने एमालेका ५ सांसद् आइतवार, मंसिर १८, २०७९
आर्थिक
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चर्को ब्याज बिरुद्ध प्यूठानका व्यवसायी आन्दोलित
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP