बुटवल : नेपाल युवा रेडक्रस सर्कल उजिर सिंह माध्यमिक विद्यालयको आयोजना बुटवल ब्लड बैंकको प्राविधिक सहयोगमा आइतवार रक्तदान कार्यक्रम गरिएको छ । विद्यालयको ५९ औ बार्षिक उत्सव तथा अभिभावक दिवसको पूर्व सन्ध्याको अवसरमा विभिन्न कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।
रगतको अभावले कसैको अकालमै मृत्यु नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमलाई प्राथमिकता दिइएको नेपाल यूवा रेडक्रस सर्कलका शिक्षक नायक रिता कुमारी ज्ञवालीले बताइन् । सर्कलका उपाध्यक्ष यूवक परिवारको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाका सभापती सुहाबहादुर नेपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । ४० युनिट रगत संकलन भएको विद्यालयले जनाएको छ ।