Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शनिवार, जेठ २७, २०८०
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
स्वास्थ्य /शिक्षा
  • Home
  • News
  • प्यूठान अस्पतालको दुर्दशा : उपचार सरकारीमा, भिडियो एक्सरे नीजिमा !
प्यूठान अस्पतालको दुर्दशा : उपचार सरकारीमा, भिडियो एक्सरे नीजिमा !
वर्षदिनदेखि संचालनमा छैन् भिडियो एक्सरे
64x64
मंगलवार, चैत्र ७, २०७९ प्यार अलि खाँन

प्यूठान : जिल्ला अस्पताल विजुवार प्यूठानमा भिडियो एक्सरे मेशिन बिग्रेको झण्डै एक वर्ष पुग्न लागिसक्यो । तर, त्यसको मर्मत र नयाँ मेशिन ल्याउनका लागि जिम्मेवार निकाय गैर जिम्मेवार बनेर बसेका छन् । एक्सरे मेशिन नहुँदा विरामीहरु सरकारीमा चेकजाँच गराएपनि भिडियो एक्सरे गर्न नीजिमा पुग्छन् । कमजोर आर्थिक अवस्था भएर सरकारीमा उपचार गराउन पुग्ने विरामीहरुलाई आर्थिक भार परेको छ ।

अस्पताल मूनी विजुवारमा रहेका नीजि क्लिनिकमा भिडियो एक्सरे गर्न वर्षदिनदेखि बाध्य भएका छन्, विरामीहरु । नीजि क्लिनिकहरुले ६ सय देखि आठ सय रुपैयाँ सम्म भिडियो एक्सरे गरे वापतको शुल्क लिने गर्छन्। नीजिमा आएको भिडियो एक्सरेको रिपोर्ट लगेर विरामीहरु जिल्ला अस्पतालमा जान्छन् ।

अस्पतालमा रहेको भिडियो एक्सरे मेशिनले काम गर्न छोडेको अस्पतालमा कार्यरत एमडीजिपी डाक्टर सन्तोष केसीले बताए । ‘अलि पहिलेसम्म यहि मेशिनले काम गरेको थियो, अहिले काम गर्ने अवस्थामा छैन ।’ केसीले भने ।

मेशिनले सहि रिपोर्ट नदिँदा केहि बिरामीहरूको उपचार गराउँदा समस्या भएको उनको अनुभव सुनाए । दैनिक औषतमा दुई सय जना बिरामीले सेवा लिने जिल्ला अस्पतालमा भिडियो एक्सरे गर्न मात्रै दैनिक १२÷१५ जना विरामी आउने गरेको तथ्यांक रहेको अस्पतालले जनाएको छ ।

प्यूठान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रमिला खनालले अस्पतालमा रहेको भिडियो एक्सरे मेशिन नचलाईएको बताइन् । ‘म आउनु भन्दा पहिले यहि मेशिन प्रयोग गरिएको रहेछ’, उनले भनिन्, ‘खोई अहिले किन मेशिन बिग्रिएको भनिएको छ, म आफै आश्चर्यमा परेकी छु ।’ मेडिकल सुपरिटेन्डेन्ट खनाल र कार्यरत अन्य चिकित्सकको प्रतिक्रिया फरक फरक छ ।

मन्त्रालयका रेडियोलोजिस्ट र बायोमेडिकल इन्जिनियरिङ समूहले भिडियो एक्सरे मेशिन चलाउन योग्य रहेको बताएको उनले प्रतिक्रिया दिइन् । ‘मेशिनको अवस्थाबारे विज्ञ टिमले माइनुट गरेर दिएको अवस्था छ’,खनालले भनिन, ‘तर हाम्रा डाक्टरहरुले मेसिनमा खराबी छ भन्नुहुन्छ ।’ अन्यत्र

जिल्लाहरुमा यहि प्रकृतिको मेशिन प्रयोग गरिएको उनले सुनाईन । चिकित्सकहरुको फरक फरक प्रतिक्रिया र थलिएर बसेको भिडियो एक्सरे मेशिन संचालनका विषयमा जिल्लाका सरोकारवाला निकायले चासो देखाएका छैनन् । जिल्ला अस्पताल अहिले व्यवस्थापन समिति अध्यक्ष विहिन छ । प्यूठान नगरपालिका, जिल्ला प्रशासन कार्यालयले आम जिल्लाबासीको स्वास्थ्यसँग जोडिएको जिल्ला अस्पतालको सेवा प्रवाहका बारेमा चासो दिन सेवाग्राहीहरुले सुझाव दिएका छन् ।

 


प्रकाशित मिति: मंगलवार, चैत्र ७, २०७९, ०७:४५:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गरिबीको सहारा बने बसन्त, बालिकाको लाखौँको उपचार निःशुल्क
प्यूठान अस्पतालका डाक्टरले ढाटेपछि !
प्यूठान अस्पतालको अध्यक्षमा विजयविराज नियूक्त
निःशुल्क स्वास्थ्य शिविरमा बाढियो म्याद नाघेका औषधी
स्वास्थ्य /शिक्षा
निःशुल्क स्वास्थ्य शिविरमा विरामीको चाप, हजारौँले लिए सेवा
64x64
सोमवार, फाल्गुन ८, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
स्वास्थ्य /शिक्षा
प्यूठान महोत्सव अवधिभर निःशुल्क स्वास्थ्य शिविर
64x64
सोमवार, फाल्गुन १, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता बिहिवार, जेठ २५, २०८० 369
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
पोष्ट
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै ! प्यार अलि खाँन
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण आजको पोष्ट
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे प्यार अलि खाँन
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण बुधवार, जेठ १७, २०८०
बालेन ‘प्रो म्याक्स’ बन्न खोजिरहेछन् जनप्रतिनिधिहरु शनिवार, जेठ ६, २०८०
राजमो प्यूठानको अध्यक्षमा ज्ञामुराम आइतवार, बैशाख ३१, २०८०
आर्थिक
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
महोत्तरीको एनएमबी बैंकमा पेस्तोलधारी समूहद्धारा दिउँसै ३८ लाख लुटपाट
सनराइजको वित्तिय साक्षरता
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP