Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शुक्रवार, फाल्गुन २१, २०७७
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई
सरकार र विप्लवबीच वार्ता शुरु
सरकारले तीन वर्षमा के गर्‍यो ?
अझैपनि सूर्य चिन्ह कसको हो भनेर सोधिरहनुपर्ने विषय हो र ?
जेष्ठ नागरिकलाई सम्मान गर्न ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम
जेष्ठ नागरिकको स्याहार गर्ने ‘छोरा बुहारी’ सम्मानित
ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको सदस्यमा माण्डवी गाउँपालिका अध्यक्ष नियूक्त
मन्त्री मणिले मागे माफी
प्यूठानको दाखाक्वाडीमा रोकिएन श्रीखण्ड चोरी
विशेष खोज
  • Home
  • News
  • किन पुग्ने होलेरी ?
किन पुग्ने होलेरी ?
64x64
सोमवार, फाल्गुन ५, २०७६ केशरराज क्षेत्री

यात्रा संस्मरण :


होलेरी (रोल्पा) :  माथीपट्टी घना जंगल । शिरशिर बहिरहने हावा । मिलेको र सफा सुग्घर बजार । पहिलो पटक पुग्ने जो कोहीको पनि मन तान्ने रोल्पाको त्यो ‘होलेरी बजार’ । रुन्टीगढी गाउँपालिकामा पर्ने होलेरीको वर्णन यत्तिकैमा मात्र सिमित छैन् । जसको बेग्लै महत्व छ । ऐतिहासिक र पर्यटकीय हिसावले होलेरी सवैको मनमा सजिएको छ । प्राकृतिक र पर्यटकीय सौन्दर्यताले यस क्षेत्र धनी छ । गर्मीमा शितलता खोज्न पर्यटकहरु होलरी पुग्दा रहेछन् । छिमेकी जिल्ला प्यूठान र दाङको बीचमा पर्ने यस ठाउँमा पुग्ने जो कोहीलाई बसीरहौँ लाग्ने गर्दछ ।

होलेरी बजार

प्यूठानमा देशकै पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल ‘स्वर्गद्धारी’ छ । स्वर्गद्धारी महाप्रभु हंसानन्द गिरीलाई जन्माउने थलो हो होलेरी क्षेत्रमा पर्ने रुन्टी । स्वर्गद्धारीलाई जतिले चिनेका छन्, तर महाप्रभु जन्माउने थलो रुन्टीलाई त्यतिले चिनेका छैनन् । स्वर्गद्धारी महाप्रभु प्यूठानमा बसेपनि जन्मथलोलाई विर्सन नहुने यस क्षेत्रका बासीन्दाहरुको भनाई छ । होलरी बजारदेखि महाप्रभु जन्मेको स्थान रुन्टी १६ किलोमिटर दुरीमा अवस्थित छ । महाप्रभुले तपश्या गरेको ऐतिहासिक गढीलेक होलेरी बजारको माथीपट्टी साढे दुई किलोमिटर दुरीमा पर्दछ । महाप्रभु तपश्या गरेर बसेको ठाउँलाई अहिलेपनि संरक्षण गरेर राखिएको छ । स्वर्गद्धारीलाई जत्तिकै रुन्टी र गढीलाई पनि उत्तिकै चासोका साथ प्रवद्र्धनमा साथ दिन यस क्षेत्रका नागरीकहरुको आशा छ ।

गढीलेकको भ्यू टावर

‘स्वर्गद्धारीलाई सवैले चिने’,स्थानीय ऋषिराम श्रेष्ठले भने,‘तर रुन्टीगढीलाई कसैले चिनेनन् । यसको विकासमा सवैले साथ दिनुपर्छ ।’ गढीलेक रन्टी धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष समेत रहेका श्रेष्ठले स्वर्गद्धारी महाप्रभु गढीलेकमा झण्डै २४ वर्ष बसेर तपश्या गरेको इतिहास छ । २०५३ सालमा प्रकाशित कक्षा ८ को सामाजिक कितावमा उक्त अवधि गढीलेकमा तपश्या गरेको इतिहास लेखिएको छ । महाप्रभु १९५२ सालमा स्वर्गद्धारी गए ।

होलेरी क्षेत्र यत्तिकैमा मात्र कहाँ सिमित छ र ? देशमा जनयूद्धको घोषणा होलेरी क्षेत्रबाटै भएको हो । जनयूद्धको उद्गम थलोका रुपमा यसलाई सवैले चित्रण गर्दछन् । २०५२ फागुन १ गते राती तत्कालिन नेकपा माओवादीले होलेरीको प्रहरीचौकी आक्रमण गरी देशमा जनयूद्ध शुरु भएको घोषणा गरेको थियो । यस अर्थमा पनि होलेरीलाई विशेष महत्वका साथ हेर्ने गरिएको पाइन्छ । हरेक वर्ष फागुन १ मा यहाँ विशेष तामझामका साथ यूद्धलाई स्मरण गर्ने खालका कार्यक्रम भइरहन्छन् ।

स्वर्गद्धारी महाप्रभु बसेको ठाउँ गढीलेक

मुलुक हाँक्ने रोल्पाली नेताहरु होलेरी आक्रमणमा सहभागी थिए । तत्कालिन माओवादीका नेता हालका उपराष्ट्रपति नन्द बहादुर पुन (पासाङ), ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन (अन्नत), पूर्व सभामुख ओनसरी घर्ती र प्रदेश ५ का आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसी (सोनाम)को नेतृत्व थियो । यसको मुल नेतृत्व वर्षमान पुन (अन्नत) ले गरेका थिए । त्यसबेला उनी २५ वर्षका थिए । आक्रमणमा दुवै तर्फ कुनै मानवीय क्षति भएन् । यूद्धस्थलको रुपमा समेत चिनिएको होलेरीलाई अहिले नेतृत्वमा पुगेकाहरुले विर्सदै गएको स्थानीयको गुनासो छ । विगतको जस्तो यूद्ध यसक्षेत्रका स्थानीयले अहिले चाहेका छैनन् । विप्लव नेतृत्वको नेकपाले कता कता विगतको यूद्ध पूनः दोहोरिने कुरा सुनेको बताउँदै होलेरीबासीले त्यस्तो अवस्था पूनः हुन नदिनका लागि राज्य गम्भिर बन्नुपर्ने सुझाएका छन् । द्धन्द्धमा रुन्टीगढी क्षेत्रका राज्यबाट मारिएका शहिदहरुको सम्झनामा शान्ति स्मारक निर्माण गरिएको छ ।

यूद्धलाई भुलेर अवको समय शान्ति र विकास निर्माणमा लगाउनुपर्ने होलेरी पुगेका ऊर्जामन्त्री वर्षमान पुनले होलेरीबासीलाई बताएका छन् । ‘विगतमा जति यूद्ध भए, भए’,उनी भन्छन्,‘विगतको पाठबाट केही न केही सिकाइ भएको छ । अव शान्ति र विकासमा समय लगाउनुपर्ने समय आएको छ ।’ फागुन १ कै दिन पुगेर उनले होलेरी अव विकासका दृष्टिकोणले पछाडी नपर्ने समेत स्थानीयलाई आश्वासन बाँढेका छन् ।

शहितको सम्झनामा शान्ति स्मारक

विगतको यूद्धस्थल र पर्यटनलाई सँगै जोडेर यस क्षेत्रको विकास गर्न सकिन्छ । प्राकृतिक सौन्दर्यता सहितको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा होलेरीलाई विकास गर्न सकिने प्रशस्त संभावना छ । शिव पार्वती गुफा र भारतको रुपण्डिया, गोण्डा लगाएत स्थान देखिने मुरुल्ले लेक प्रचार प्रसारको अभावमा छायाँमा छन् । छिमेकी मुलुक भारतलाई नजिकबाट कैद गर्न सकिन्छ भन्ने सन्देश बाँढनसके यहाँ पर्यटकहरु ओइरिन सक्छन् । गढीलेकमा निर्माण गरिएको भ्यू टावर अझ बढी पर्यटकका लागि प्रमुख आकर्षण छ । यस्ता संभावनालाई ऊजागर गर्नसके समग्र होलेरी क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्न सक्दछ । यसका लागि सरकारसँग स्पष्ट खाका हुनु जरुरी छ । यहाँको विकास र प्रवद्र्धनमा विशेष चासो स्थानीय रन्टीगढी गाउँपालिकाले नै गर्नुपर्ने देखिन्छ । छिमेकी जिल्ला प्यूठान र दाङहुँदै होलेरी पुग्न सकिन्छ । दाङको घोराहीबाट ३० किलोमिटर र प्यूठानको स्वर्गद्धारीबाट २६ किलोमिटर गाडीको यात्रापछि यहाँ पुग्न सकिन्छ । दाङबाट पक्की सडक र प्यूठानबाट ग्रावेल सडकहुँदै यात्रा गर्न सकिन्छ । स्वर्गद्धारी, रुन्टीगढी होलेरी, धारापानी (दाङ)लाई लक्षित गरी पर्यटन प्याकेजको रुपमा पनि विकास गर्न सकिने संभावना छ ।

होलेरी चिनाउन मिडिया सम्मेलन
हरेक वर्ष विभिन्न कार्यक्रम गरी होलेरीको प्रचार प्रसार गरेको रुन्टीगढी गाउँपालिकाले यसवर्ष पनि फागुन १ गतेकै दिन राष्ट्रिय मिडिया सम्मेलन ग¥यो । देशभर मूलधारका मिडियामा क्रियाशिल पत्रकार एवं संचारकर्मीलाई जुटाएर गाउँपालिकाले यस क्षेत्रको इतिहास र महत्वको बारेमा प्रकाश पा¥यो । जसले होलेरीको प्रवद्र्धनमा थप इट्टा थपिएको छ । गतवर्ष अक्षर महोत्सव संचालन भएको गाउँपालिका अध्यक्ष बालाराम बुढाले बताएका छन् । जनयूद्ध दिवसकै अवसर पारेर प्रत्येक वर्ष कार्यक्रम भइरहेको उनले सुनाए । समग्र रुन्टीगढी क्षेत्रको विकासमा सवैले साथ दिन उनले आग्रह समेत गरे ।

राष्ट्रिय मिडिया सम्मेलन

सुनेको र सामाजिक सञ्जालमा देखेको भन्दा अझ बढी मनमोहक रहेछ रोल्पाको होलेरी । यहाँको वर्णन शव्दमा जति गरेपनि अपुग हुन्छ । तराइमा गर्मीले उकुसमुकुस बनेकाहरु शिलतासँगै रमाउन एकपटक पुग्नैपर्ने ठाउँ होलेरीमा पुगेर त हेर्नुस् ।

 


प्रकाशित मिति: सोमवार, फाल्गुन ५, २०७६, ०४:०१:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नाम कमाएको स्कुलमा : शिक्षकलाई प्रोत्साहनको सट्टा शोषण !
विपत पर्दा ‘जाग्छन्’ अरुबेला ‘निदाउँछन्’ स्थानीय सरकार
उपचार नपाएर चुढिनै थाले खुट्टाका औँला
खलंगाको शान !
विशेष खोज
जाँगरिला ८५ वर्षिय दिन्बन्धु कोइराला पोखरेलीका आँखामा ‘वैज्ञानिक बा’
64x64
मंगलवार, कार्तिक ५, २०७६ आजको पोष्ट
पुरा पढ्नुहोस्
विशेष खोज
स्वर्गद्धारीमा तीन लाख पर्यटक भेटीबाटै तीन करोड
64x64
मंगलवार, कार्तिक ५, २०७६ राजेश जिसी
पुरा पढ्नुहोस्
ताजा समाचार
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई बुधवार, फाल्गुन १९, २०७७ 89
सरकार र विप्लवबीच वार्ता शुरु
सरकारले तीन वर्षमा के गर्‍यो ?
अझैपनि सूर्य चिन्ह कसको हो भनेर सोधिरहनुपर्ने विषय हो र ?
जेष्ठ नागरिकलाई सम्मान गर्न ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम
जेष्ठ नागरिकको स्याहार गर्ने ‘छोरा बुहारी’ सम्मानित
ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको सदस्यमा माण्डवी गाउँपालिका अध्यक्ष नियूक्त
मन्त्री मणिले मागे माफी
प्यूठानको दाखाक्वाडीमा रोकिएन श्रीखण्ड चोरी
पोष्ट
मन्त्री मणिले मागे माफी आजको पोष्ट
प्यूठानको दाखाक्वाडीमा रोकिएन श्रीखण्ड चोरी आजको पोष्ट
खानेपानी मन्त्रीको विशेष चासो : स्वर्गद्धारीमा माडीको पानी ल्याइने विनोद खड्का
समाज
सुरक्षित महिनावारी राष्ट्रिय अभियन्ता खड्का सम्मानित बुधवार, माघ १४, २०७७
सम्पदा र झिमरूक मंगलवार, कार्तिक २५, २०७७
सम्झौतामा बिहे सोमवार, कार्तिक १७, २०७७
राजनीति
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई बुधवार, फाल्गुन १९, २०७७
सरकार र विप्लवबीच वार्ता शुरु बुधवार, फाल्गुन १९, २०७७
सरकारले तीन वर्षमा के गर्‍यो ? सोमवार, फाल्गुन ३, २०७७
आर्थिक
अघोषित लोडसेडिङ नगर्न विद्यार्थी संगठनको ध्यानाकर्षण
सोमवारदेखि आन्तरिक उडान सूचारु
बनिरहेको पुलका सामग्री बाढीले बगायो
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशर बहादुर रोका
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2021 All rights reserved.
Web Design by : SoftNEP