Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शनिवार, जेठ २७, २०८०
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
स्थानीय सरकार
  • Home
  • News
  • गरिबको चुल्होमा धनीको रजाइँ
गरिबको चुल्होमा धनीको रजाइँ
64x64
सोमवार, मंसिर २६, २०७९ प्यार अलि खाँन

प्यूठान : प्यूठान नगरपालिकाले नगर क्षेत्रका विपन्न वर्गलाई वितरण गर्ने भनेर आएका विद्युत्तीय इन्डक्सन चुल्होमा हुनेखानेको रजाइँ भएको छ । महिनौसम्म कार्यालयमै थन्काएर राखेका ती चुल्होलाई नगरपालिकाले कार्यक्रम परिमार्जन गरेर वितरण गरेपछि चौतर्फी विरोध भएको छ ।

चुल्हो पाउनेमा श्रीमतीको नाम राखेर नगरपालिकाका संस्थापक मेयर अर्जुन कुमार कक्षपती, नेकपा एमाले प्यूठान नगरपालिकाका नगर कमिटी अध्यक्ष टंक बहादुर खड्का, डाक्टर आनन्द कुमार श्रेष्ठ, पूर्व वडा अध्यक्ष लक्ष्मीप्रकाशराज भण्डारी लगाएत छन् । स्थापित व्यवसायी, सामाजिक क्षेत्रका व्यक्ति लगाएतले पनि चुल्हो लगेका छन् ।

नगरपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको साझेदारीमा १ हजार ४ सय थान विद्युत्तीय चुल्हो नगरपालिकाले लिएको थियो । बजारमा प्रती चुल्हो ५ हजारदेखि ६ हजारसम्म पर्ने चुल्होमा नगरपालिकाको करिब २० प्रतिशत लगानी रहेको नगरपालिकाका प्रवक्ता एवं वडा नम्वर ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठले जानकारी दिए ।

विद्युत्तीय चुल्हो वितरण गर्न केहि प्राविधिक जटिलताहरु आएको उनको भनाई छ । विद्युत नपुगेको, विद्युत्त क्षमता नपुगेको, विपन्न समूहले चुल्हो प्रयोग गर्न थप ३÷४ हजार खर्च गर्नुपर्ने अवस्था देखिएकाले कार्यपालिकाको बैठकले कार्यक्रम परिमार्जन गरेर करदाता उपहार कार्यक्रमको रूपमा चुल्हो वितरण श्रेष्ठले जानकारी गराए ।

एमाले प्यूठान नगरपालिका कमिटीले सोमवार प्रेस विज्ञप्ती जारी गर्दै विद्युत्तीय चुल्हो वितरण प्रक्रियाप्रती विरोध जनाएको छ । कार्यवाहक नगर कमिटी अध्यक्ष धुर्व जिसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘कार्यक्रमको मर्म विपरीत नगरपालिकाले एकाएक धेरै कर तिर्ने करदातालाई प्रोत्साहन स्वरूप वितरण गरेको कार्य त्रुटिपूर्ण र जनभावना विपरीत छ ।’

नगरपालिकाले संकलन गर्ने राजश्वबाट गरीब विपन्न परिवारलाई सेवा सुविधा प्रदान गर्न लोककल्याणकारी व्यवस्थाको न्यूनतम मान्यता विपरीत भएको एमालेले जनाएको छ । चुल्होको प्रयोगको प्रभावकारिताको सामान्य ख्याल समेत नगरी वितरण गरिनु मापदण्ड त्रुटिपूर्ण रहेको विज्ञप्तीमा भनिएको छ ।

‘जनताले गाँस कटाएर तिरेको करको चरम दुरुपयोग हो । यस्तो निर्णय तत्काल सच्चाई विपन्न तथा गरिव परिवारको हित, राहत पुग्ने खालका र आय आर्जनसंग जोडिने योजनाहरूमा जोड दिन प्यूठान नगरपालिका समक्ष जोडदार अपिल गर्दछौं ।’ विज्ञप्तीमा लेखिएको छ । १ हजार ३ सय चुल्हो नगरपालिकाले वितरण गरेको छ । बाँकी रहेका १ सय चुल्हो नगर क्षेत्रमा वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय र प्रहरी चौकीमा वितरण गर्ने कार्यक्रम रहेको प्रवक्ता सुमनराज श्रेष्ठले सुनाए ।


प्रकाशित मिति: सोमवार, मंसिर २६, २०७९, ०९:४२:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
स्थानीय सरकार
मल्लरानीमा यसरी सम्भव भयो लगातार दुइ आर्थिक वर्ष वेरुजु शुन्य
64x64
आइतवार, बैशाख १०, २०८० बालकृष्ण थापा
पुरा पढ्नुहोस्
स्थानीय सरकार
शून्य बेरुजुले प्यूठानका दुई पालिकाको राष्ट्रिय चर्चा
64x64
सोमवार, बैशाख ४, २०८० केशरराज क्षेत्री
पुरा पढ्नुहोस्
ताजा समाचार
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता बिहिवार, जेठ २५, २०८० 369
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
पोष्ट
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै ! प्यार अलि खाँन
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण आजको पोष्ट
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे प्यार अलि खाँन
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण बुधवार, जेठ १७, २०८०
बालेन ‘प्रो म्याक्स’ बन्न खोजिरहेछन् जनप्रतिनिधिहरु शनिवार, जेठ ६, २०८०
राजमो प्यूठानको अध्यक्षमा ज्ञामुराम आइतवार, बैशाख ३१, २०८०
आर्थिक
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
महोत्तरीको एनएमबी बैंकमा पेस्तोलधारी समूहद्धारा दिउँसै ३८ लाख लुटपाट
सनराइजको वित्तिय साक्षरता
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Surya Thapa
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP