विजुवार (प्यूठान) : भाइटिकाको भोलीपल्ट लाग्ने प्यूठानको ऐतिहासिक डल्ले सरायँ मेलामा यसवर्ष पनि दर्शकहरुको उत्साहजनक उपस्थिती रहयो । विगतका वर्षदेखि प्रतियोगिताकै रुपमा सरायँ नाच संचालन भएपछि दर्शकहरुको आकर्षण वर्षेनी बढ्दो छ । जिल्लाको मध्यक्षेत्र प्यूठान नगरपालिका वडा नम्वर ७ मा सरायँ नाँच प्रतियोगिता गरिएको छ ।

एकलाख रुपैयाँ राशीको पुरस्कार प्यूठान नगरपालिका–७ स्थित पूण्यखोलाले हासिल गरेको छ । द्धृतिय थापडाडा, कार्कीडाडा र तृतिय सापडाडाँ समूह भएका छन् । द्धितिय र तृतिय समूहलाइ नगद ७५ हजार र ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । सहभागी सवै समूहलाइ २०÷२० हजार रुपैयाँ प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिएको छ ।

वँखै, वँखै गर्दै हातमा तरवार लिएर मैदानमा सरायँ नाच देखाउँदा उनीहरुलाई मोवाइलमा कैद गर्ने दर्शकहरुको घुइँचो थियो । सरायँमा महिलाहरुले समेत प्रस्तुती देखाए । महिलाहरुको प्रस्तुती अझ आकर्षक रहेको रहयो । डल्ले सरायँ प्यूठानीको पहिचानसँग जोडिएको छ ।

करिव सातसय वर्ष अघिदेखि जाँट बंशीय राजाको राक्षसी स्वभाव विरुद्ध जनताले तरवार उठाएको घटानासँग सरायँनाच जोडिएको छ । विभिन्न क्षेत्रबाट तरबार लिएर आएका जनताले राजाको मृत्युवरण गरकेो सम्झनामा मौलो बनाएर हरेक वर्ष डल्ले सरायँ निकालिने गरिएको छ ।