झिमरुक (मच्छि), प्यूठान : कृषि विकास बैंक लिमिटेड खलंगा प्यूठानले बालशिक्षा माध्यमिक विद्यालयलाई कम्यूटर प्रदान गरेको छ । विद्यायमा कार्यक्रम गरी बैंकले विद्यालयलाई चार थान कम्प्यूटर, चार थान मोनिटर, एक थान स्क्यानर र एक थान प्रोजेक्टर हस्तान्तरण गरिएको छ ।
विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त सामग्री सहयोग गरिएको बैंकका लुम्विनी प्रदेश नेपालगञ्जका निर्देशक गिरिराज रेग्मीले बताए । उनले विद्युत्तीय सामग्रीको गुणस्तरीयमा जोड दिनुपर्नेमा उल्लेख गरे ।
हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं झिमरुक गाउँपालिका अध्यक्ष तिलक जिसी, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसाल, वडा अध्यक्ष टिका बहादुर जिसीले प्राप्त सामग्रीको सही उपयोग गर्न सुझाए । कार्यक्रमको सहजीकरण शिक्षक बालाराम पोखरेल र डमर सिँह जिसीले गरेका थिए ।