बुटवल : आर्थिक वर्ष २०७८÷७९ का लागि सरकारले आज (शनिवार) बजेट सार्वजनिक गर्दैछ । अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएलगत्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
बजेटबारे निर्णय लिन बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्ने कार्यक्रम रहेको छ । करीब १६ खर्ब हाराहारीमा सरकारले बजेट सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ । १५ जेठमा बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता अनुसार आज बजेट आउन थालेको हो ।