बुटवल : सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी, सांसद् विकास कार्यक्रम खारेज गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि बजेट प्रस्तुत गर्ने क्रममा उक्त कार्यक्रम खारेज गरेको घोषणा गरेका हुन् । अघिल्लो आर्थिक वर्ष सरकारले संघीय संसद निर्वाचन क्षेत्रका लागि प्रति निर्वाचन क्षेत्रमा ६ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो ।