बुटवल : सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार बजेट सार्वजनिक गरेका हुन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड बजेट विनियोजन भएको छ । अघिल्लो आर्थिक वर्षको भन्दा यस आर्थिक वर्षको बजेट दुई खर्बले बढेको छ ।
चालुतर्फ ६ खर्ब ७८ अर्ब ४१ करोड, वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड, विकासतर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तीय व्यवस्थामा २ खर्ब ७ अर्ब ९७ करोड, राजस्वबाट १० खर्ब २४ अर्ब २४ करोड असुलको लक्ष्य सरकारले लिएको छ ।
हेर्नुहोस् पूर्णपाठ :