प्युठान : प्यूठानमा एक सरकारी गाडी पिक्निक खान जाँदा दुर्घटनामा परेको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको घ १ झ ५ नम्बरको कार मल्लरानी गाउँपालिका -४ स्थित मल्लरानी नजिकै दुर्घटनाग्रस्त हुँदा १ जनाको ज्यान गएको छ। तुल्सीपुर उपमहानगरपालिका -४ का प्रकाश आचार्यको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।
खलंगाबाट मल्लरानीमा पिक्निक खान सरकारी कर्मचारीहरूलाई ओसारपसार गर्दा कार दुर्घटनामा परेको स्थानीयहरुले बताएका छन्। कार पुनः कर्मचारी ओसार्न खलंगा झर्दै गर्दा दुर्घटनामा परेको थियो। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एबं प्रहरी निरीक्षक देवि प्रसाद गैरेका अनुसार कार कच्ची सडकबाट चिप्लिएर ७० मिटर खसेको छ।।