प्यूठान : रिलायवल नेपाल लाइफ इन्सोरेन्स कम्पनी प्यूठानले अभिकर्ताहरुलाई उत्प्रेरणा तालिम दिएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता र एजेन्सी म्यानेजरहरुलाई तालिममा सम्मान गरिएको छ । तालिममा जिल्लाका विभिन्न क्षेत्रका २५ जना को सहभागीता थियो ।
इन्सोरेन्सका लुम्विनी प्रदेश प्रमुख सुरेन्द्र थापाको प्रमुख आतिथ्यता र प्यूठान शाखा प्रमुख यूवराज रेग्मीको सहजीकरणमा तालिम सम्पन्न भएको हो । तालिममा प्यूठान शाखा प्रमुख रेग्मीले जीवन बीमाको महत्व र रिलायवल लाइफ इन्सोरेन्सको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । रिलायवल नेपालका बीमा योजनाहरु, बीमा गर्दा हुने फाईदा र यसले दिर्घकालिन दिने उपलव्धीका बारेमा प्रदेश प्रमुख थापाले जानकारी गराए ।