बुटवल : नेपाली युवा उद्यमी मञ्च रुपन्देही शाखाले स्थापनाको सातौं बार्षिक उत्सव विभिन्न रचनात्मक काम गरेर मनाएको छ । वि.सं. २०७० सालमा बुटवल उधोग बाणिज्य संघको सरक्षंकत्वमा स्थापना भएको मञ्च रुपन्देहीले उत्सवको अवसरमा वर्ष २०२०÷२०२१ मा विभिन्न विधागत संयोजक तथा सहयोग गर्ने आफ्ना सदस्यहरुलाई २०२०÷२०२१ का अध्यक्ष उमेश अमात्यले सम्मान गरे ।
दश जना सदस्यबाट रुपन्देहीमा शुरुवात भएको नेपाली युवा उद्यमी मञ्च रुपन्देहीमा हाल ७५ जना सदस्यहरु आबद्ध छन् । कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले सरकारले बनाएको नीतिले गर्दा युवाहरुलाई स्वदेशमा रोक्न नसकिएको र पुरानै शैलिबाट उद्योग संचालन गर्नका लागि कानुनी प्रक्रिया झन्झटिलो हुँदा लगानीमैत्री वातावरण नबनेको उल्लेख गरे । प्रमुख अतिथी नेपाली युवा उद्यमी मञ्चका केन्द्रिय अध्यक्ष उदिप श्रेष्ठले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नका लागि सरकारले कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
बुटवल उधोग बाणिज्य संघका अध्यक्ष उज्वल कसजुले अवको आर्थिक क्रान्ति युवाहरुबाट मात्रै संभव भएको भन्दै सोही अनुसारको काम गर्नको लागि आग्रह गरे । मञ्चका निर्वतमान बर्तमान अध्यक्ष उमेश अमात्यले हाल विश्वप्यापी रहेको कोरोना महामारीमा भेण्टिलेटरको लागि बुटवल उद्योग बाणिज्य संघ मार्फत आम्दा अस्पताललाई एक लाख सहयोग गरेको जानकारी गराए ।
नेपाली युवा उद्यमी मञ्च रुपन्देही च्याप्टर अध्यक्ष प्रदिप शाक्यले युवाहरुलाई उद्योग स्थापना गर्नको लागि प्रोत्साहनका कार्यक्रम सहित सिपमुलक तालिम र बिउ पुँजीमा सहयोग हुनुपर्नेमा आग्रह गरे ।