बुटवल : दशौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजश्व कार्यालय बुटवलले सेवाग्राहीलाई सम्मानित गरेको छ । बुधवार कार्यालयमा सेवा लिन आउने पहिलो ग्राहकलाई टिका र कार्यालयको नाम अंकित टिसर्ट हस्तान्तरण गरेर सम्मानित गरिएको हो । वेलकम खाजा घरकी प्रोपाइटर बुटवल उपमहानगरपालिका वडा नम्वर १० रामानगर निवासी शिवानी न्यौपानेलाई सम्मानित गरिएको कर अधिकृत सागर पोखरेलले बताए । पोखरेलले उनलाई टिका र टिसर्ट प्रदान गरे । न्यौपानेले आफ्नो फर्मको स्थायी लेखा नम्वरमा दर्ता गराएकी थिइन् ।
करको दायरामा ल्याउनका लागि प्रोत्साहन गर्ने उद्देश्यले सेवाग्राहीहरुलाई कर दिवसको अवसरमा सम्मानित गरेर हौसला दिइएको कर अधिकृत पोखरेलले जानकारी गराए । दशौँ राष्ट्रिय कर दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ ।