प्यूठान : सरुमारानीलाई बाख्रा हब बनाउने अभियान थालिएको छ । वडा नं ४, ५ र ६ लाई पकेट क्षेत्र निर्धारण गरी हबको रुपमा बिकास गर्ने अभियान शुरु भएको हो । एक हजार २ सय घरधुरीलाई अभियानमा जोडिने गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले योजना सुनाए । विपन्न र साना किसानहरूलाई व्यवसायीक बाख्रापालनमा जोडेर उनीहरूको जीवनस्तरमा परिवर्तन ल्याउने गरी कार्यक्रम संचालन हुने उनले बताए ।
गाउँपालिकाले हेफर परियोजना नेपालसँग सहकार्य गरेर साना किसान र विपन्न समूहलाई लक्षित गरी कार्यक्रम गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको १ करोड ५० लाख रुपैयाँ हेफरलाई दिएको छ । त्यसमा हेफरको करिब ५५ लाख रुपैयाँ सहभागीता छ । तर, पछिल्लो समय हेफरले संचालन गर्ने यस कार्यक्रमप्रति नागरिकहरुले प्रश्न गर्न थालेका छन् । गाउँपालिकाले करोडौँ रुपैयाँ बजेट अन्तराष्ट्रिय गैर सरकारी संस्था मार्फत नभई आफ्नै संयत्र मार्फत संचालन गर्न नागरिकहरुले सुझाव दिएका छन् ।