बिजुवार : प्यूठान उद्योग वाणिज्य संघ, प्यूठान नगर बजार क्षेत्रको कार्यसमिति सदस्यमा टीका सुवेदी पोख्रेल र कृष्ण गिरी मनोनित भएका छन् । शनिबार बसेको बजार क्षेत्रको तेस्रो कार्यसमिति बैठकले उनीहरुलाई मनोनित गरेको अध्यक्ष प्यार अलि खाँनले जानकारी दिए । सुवेदी प्यूठान नपा –२ दाखाक्वाडी र गिरी प्यूठान नगरपालिका– १० मरन्ठाना निवासी हुन् । बैठकले संस्थाको संरक्षक समिति तथा सल्लाहकार समिति समेत चयन गरेको छ ।
संस्थाका निवर्तमान अध्यक्ष मधुसुदन शर्माको संयोजकत्वमा तीन सदस्यीय समिति चयन गरिएको छ । सदस्यमा पूर्व अध्यक्ष केशव कर्माचार्य र दल बहादुर केसी छन् । उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष माधवराज भण्डारीको संयोजकत्वमा ११ सदस्यीय सल्लाह समिति चयन गरिएको सचिव बजार क्षेत्रका सचिव कमल प्रसाद पौडेलले बताए । सल्लाहकार सदस्यहरुमा मुक्ति पोख्रेल, दुर्गाप्रसाद भुसाल, रमेश पौडेल, सुमन सुवेदी, अर्जुनसिंह विक, गणेश केसी, लक्ष्मी केसी, धन बहादुर केसी, बाबुराम राज भण्डारी तथा राजेन्द्र केसी रहेका छन् । बजार क्षेत्रको कार्यसमितिले शनिबारे साप्ताहिक बजार बन्दको अनुगमन समेत गरेको छ ।