बुटवल : नेपाल बैंक लिमिटेडले व्यस्त शहर बुटवलको राजमार्ग चौराहमा शाखा संचालन गरेको छ । २ सय २१ औँ शाखाको रुपमा विहिवारदेखि सेवा सूचारु गरिएको शाखा प्रवन्धक कृष्ण बहादुर केसीले जानकारी दिए । सेवा सूचारु गरेपनि औपचारिक उद्घाटन एक महिनाभित्र गर्ने योजना रहेको उनको भनाई छ ।
बैंकका लुम्विनी प्रादेशिक प्रमुख शुसिल कुमार नेपालले सेवा संचालनको प्रारम्भ गरे । यो शाखा रुपन्देही क्षेत्रको छैठौँ शाखा हो । नेपाल बैंकले लुम्विनी प्रदेशभित्र ३४ वटा शाखा विस्तार गरिसकेको छ । शाखाबाट चेक क्लििरेन्स (इसीसी), सुन कर्जा, लकर सेवा, एटिएम, रेमिट्यान्स लगाएत सेवाहरु प्रदान गरिने बैंकले जनाएको छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा परेको आर्थिक संकटका बीचमा पनि खोलिएको शाखाले यस क्षेत्रका सेवाग्राही उत्साहित भएका छन् ।