प्यूठान : प्रतिनिधीसभा सदस्यमा प्यूठानमा नेकपा एमालेका सूर्य थापा फराकिलो मतान्तरले अगाडी देखिएका छन् । नौवहिनी गाउँपालिका वडा नम्वर १ देखि वडा नम्वर ६ सम्म मतगणना गर्दा थापा १ हजार ७ सय ३ मतान्तरले अगाडी छन् ।
सूर्य थापाले ४ हजार ७ सय ३१ र दुर्गा पौडेलले ३ हजार २८ मत लिएका छन् । नौवहिनी गाउँपालिकाका अब वडा नम्वर ७ र ८ को मतपरिणाम गणना हुन बाँकी छ ।