जनकपुरधाम : महोत्तरीको औरही गाउँपालिका–२ स्थित औरही बजारमा रहेको एनएमबी बैंकमा हतियारधारी समूहले लुटपाट गरेको छ । पेस्तोलसहित आएका चारजना लुटेराले बैंकका कर्मचारीलाई त्रास देखाउँदै ३८ लाख रूपैया लुटेर भागेको प्रहरीले जनाएको छ ।
महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी दीलिपकुमार गिरीले बैंकबाट ३८ लाख रूपैयाँ लुटेर लगेको बताए । लुटेराहरू पेस्तोल बोकेको र मुख छोपेको अवस्थमा बैंकभित्र पसेको सिसि क्यामरामा देखिएको उनले बताए । लुटपाटपछि बैंक बन्द गरिएको छ ।