बुटवल : मुक्तिनाथ विकास बैंक चौराह शाखाले सामाजिक उत्तरदायित्व वहन गर्दै कालिका मानव ज्ञान विद्यालयमा कक्षा १२ मा अध्यनरत प्रशान्त पौडेललाई छात्रवृत्ति प्रदान गरेको छ । आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका लगनशिल विद्यार्थीलाई एक बर्ष अध्ययन लागि आवश्यक पर्ने आर्थिक सहयोग गरेको बैंकका शाखा प्रमुख सरोज अर्यालले बताए । उनले हरेक बर्ष बैंकले आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले क्षमतावान बालबालिकाहरुलाई अध्यनका लागि यस्ता सहयोगले ठूलो टेवा पुग्ने बताए । कार्यक्रममा सहायक प्रधानाध्यापक पिताम्वर बन्जाडे, विज्ञान शाखा प्रमुख कृष्ण अधिकारी, बैंकका क्षेत्रीय बजारीकरण विभाग अर्चना जी.सी, कर्जा शाखा प्रमुख अनिल श्रेष्ठले बैंकले सामाजिक उत्तरदायित्व वहन गर्दै कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।