मर्कावाङ (झिमरुक) : झिमरुक गाउँपालिका–६ लेक प्यूठान निवासी चुमी पुन ८० वर्षमा पुगिन् । बुढ्यौली उमेर लागेपछि उनको दैनिकी सालको पातको टपरी खुटेरै वित्ने गर्छ । दैनिक ३०÷४० वटा टपरी बुन्छिन् । बुनेका टपरी घरमै प्रयोग हुन्छन् ।
.jpg)
पुँजापाठ लगाएत गाउँमा हुने कार्यक्रममा उनले खुटेका दुनाटपरी प्रयोगमा ल्याउने गरिएको छ । आफ्नै ख¥यानमा पाइने सालको पातको प्रयोगले प्लाष्टिकजन्य सामग्रीको समेत उनको घरमा प्रयोग हुँदैनन् । ८० वर्षको उमेरमा पनि जाँगरिली बनेकी पुनको उनको घरमा पुग्ने जो कसैले पनि प्रशंसा गर्छन् । स्थानीय सरकारले यस्ता बृद्धबृद्धाहरुको सिपलाइ सम्मान गर्नुपर्ने गाउँका सामाजिक अगुवाहरुको भनाइ छ ।