कपिलवस्तु : नेपाल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कपिलवस्तुको बाणगंगा–१ बैरियास्थित बाल माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि कम्प्यूटर प्रदान गरेको छ ।
शुक्रवार एक कार्यक्रमको आयोजना गरी बैंकले कपिलवस्तु निर्वाचन क्षेत्र नम्वर १ बाट निर्वाचित सांसद् एवं पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीको उपस्थितीमा ८० हजार रुपैयाँ बरावरको कम्प्यूटर र आवश्यक सामग्री प्रदान गरिएको हो ।

सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल वैंक लिमिटेड लुम्विनी प्रदेश प्रमूख मुख्य प्रबन्धक शुसिल कुमार नेपाल, प्रबन्धक सुपज ज्ञवाली, भैरहवा शाखा शाखा प्रवन्धक विश्वराज अधिकारी, बुटवल चौराहा शाखा प्रवन्धक कृष्ण केसी, वाणगंगा शाखा प्रवन्धक चादनी तिवारी, विद्यालयका प्राचार्य टिकाराम पौडेल र शिक्षकहरु लगायतको उपस्थिती थियो । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समाजका विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको जनाएको छ ।