काठमाण्डौँ : समाजसेवीको छवी बनाएका मालिका गाउँपालिका ५ छापहिले गुल्मीका झविन्द्र आचार्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्को सह–कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी २०२३ देखि २०२५ सम्म कार्यकालका लागि उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
समाजसेवासँगै सांगितिक क्षेत्रमा समेत उनी क्रियाशिल छन् । आफ्नो जन्मभूमी ‘छापहिलेमा’ गाउँको परिवेशलाई समेटेर उनले निकालेको गित सर्वाधिक रुचाइएको थियो । उनी लामो समयदेखि कतारमा आफ्नै व्यवसाय गर्दै आएका छन् ।

आचार्य गुल्मी सेवा समाज कतारका पूर्व अध्यक्ष समेत हुन । कतारमा गुल्मी यातायातको नामबाट समेत उनी परिचित छन् । उनले कतारमा कार्यरत नेपाली श्रमिकहरुको अभिभाकत्व निभाइरहेको साझा संस्थामा रहेर नेपाली श्रमिकका हक, अधिकारका लागि आगामी दिनहरुमा निरन्तर लागिरहने प्रतिवद्धता सुनाएका छन् ।
गैरआवासीय नेपाली संघका विभिन्न अभियानलाई पूर्णता दिन, थप उर्जा प्रदान गर्न र पछिल्लो चरणामा संघमा देखिएको बिवादास्पद कोषलाई समाधान तथा मजबुत बनाउनको लागि समेत आफूले उम्मेद्धवारी घोषणा गरेको आचार्यले जानकारी गराए ।