- तीन जना प्रहरीको नियन्त्रणमा
प्यूठान : प्यूठान नगरपालिका ४ जुम्रिबजारको मुख्य चोकको एक पसलमा चोरी भएको छ । बिपिन ट्रेडर्स एन्ड सप्लायर्स बाट गएराती १ बजे सिमेन्ट, छड ट्रकमा लोड गरिरहेको अवस्थामा चोरी गर्नेहरु फेला परेका हुन् । पसलको गोदामबाट लु १ ख ८३४४ नम्बरको ट्रकमा सामान लोड गरिरहेको देखेपछि स्थानीयले व्यवसायीलाइ खवर गरेका थिए ।
ट्रकमा लोड गरिएका छड, सिमेन्ट ।
आफ्नै पसलमा कार्यरत कर्मचारी आभार चौधरीको मिलेमतोमा सामान चोरी हुन थालेको प्रोपाइटर व्यवसायी बिपिन श्रेष्ठले आरोप लगाएका छन् । यसअघि समेत पसलबाट सामान चोरी हुँदै आइरहेको उनले गुनासो गरे । प्रहरीले उनीसहित दाङ निवासी नारायण चौधरी र प्रकाश चौधरीलाइ थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय विजुवारमा राखिएको छ । ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ ।